बिहीबार, साउन ७, २०८३

नागरिकता विधेयकमा राष्ट्रपतिको अग्रसरता अस्वाभाविक: थापा

 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वभाविक एवं संविधानविपरीत रहेको बताएका छन्।

अध्यक्ष थापाले सो विधेयक निस्कृय भइसकेको र आवश्यक भए सरकारले नयाँ विधेयक संसदमा पेश गर्नुपर्ने धारणा सामाजिक सञ्जालमार्फत् राखेका हुन्।

‘तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वभाविक एवं संविधानको भावनाविपरीत छ। सो विधेयक निस्कृय भइसकेको छ। आवश्यक भए सरकारले नयाँ विधेयक संसदमा पेश गर्नुपर्छ,’ उनले ट्विटरमा भनेका छन्।
 

प्रकाशित: May 12, 2023| 16:19 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्