चीन- चीनले संसारकै सबैभन्दा लामो समुन्द्री पुल बनाएको छ। उक्त पुलको उदुघाटन राष्ट्रपति सी जीङ पीङले गरेका छन्।
पुलको उद्घाटन मंगलबार २३ अक्टोबरमा जुहाईमा गरेका हुन्। उद्घाटनमा हंगकंगका क्यारी ल्याम, मकाउका फरनान्डो सुइ र ग्वाङडन्गक पार्टीका सचिव ली सी पनि उपस्थित थिए।
यस पुलको निर्माणको लागि ९ वर्ष लागको थियो। उक्त पुलको लागत २० विलियन रहेको जनाएको छ। यसले चीनको ग्वान्डोङ प्रान्तको जुहाईको मेनल्यान्डदेखि हंगकंग र मकाउलाई जोडेको छ।
४० लाख टन स्टिलको प्रयोगले यस पुललाई आँधी र भुकम्प प्रतिरोधी बनाइएको दाबी गरिएको छ। यसको तौल ६० वटा एफिल टावरको बराबर छ। पुलसँगै, दुई कृतिम टापु पनि बनाइएको छ।
यसको क्षेत्र फल ५६ हजार ५ सय वर्गमिटरमा फैलिएको छ। यस पुलले ११ वटा शहर र ६८ मिलियन सर्वसाधारणलाई सुविधा दिने भएको छ। यस पुलबाट हंगकंग साढे एक घन्टामा पुग्न सकिनेछ। यस अघि जुहाई र हंगकंगको यात्रा ४ घन्टा लाग्थ्यो। बुधबारबाट सर्वासाधरणको लागि यो पुल खुला गरिनेछ।
आलोचना
यस पुलको निमार्णको क्रममा नौ जनाको ज्यान गएको थियो। मेनल्यान्ड मै अन्य नौ जनाको मृत्यु भएको जानकारीमा आएको छ। त्यस्तै, सयौँको संख्यामा घाइते भएका थिए। हंगकंगमा १० वर्ष अघि १ सय ४८ डल्फिनको संख्या रहेकोमा हाल ४७ मात्र छ। यो संख्या अब कहिल्यै बढ्न नसक्ने पनि अनुमान गरिएको छ।
त्यस्तै, चीनको लोपोन्मुख ‘ह्वाइन्ट डल्फिन’ यस पुलको निमार्णसँगै अझ खतरामा परेको छ। ओसियन कन्जर्भेसनकी सह निर्देशक सामान्था लीले यस प्रकारको प्रोजेक्टले समुन्द्रमा ठुलो हानी गरेको प्रतिक्रिया दिएकी थिइन्।
त्यस्तै समालोचकका अनुसार, यो पुल हात्तीको देखाउने सेतो दाँत मात्र भएको बताएका छन्। यस पुलको लागत कहिल्यै पनि उठ्न नसक्ने समेत दाबी गरिएको छ। निजी सवारी साधनलाई कोटा अनुसार चलाउन दिने प्रणालीले आर्थिकोपर्जनमा समस्या ल्याउने अनुमान गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४