सोमबार, वैशाख २८, २०८३

गण्डकीमा मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार

नेकपा एसको कोटामा परेका दीपक मनाङेलाई गण्डकी प्रदेश सरकारमा चार–चार पटक मन्त्री बन्ने चिठ्ठा।
 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन्। पाण्डे कांग्रेस कोटाबाट १४ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए।

National life

आज कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद् बनाइएको छ।

कांग्रेसबाट प्रदेशमन्त्री हुनेमा नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका दीपेन्द्रबहादुर थापा रहेका छन्। नेकपा एसबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका छन्।

मन्त्री नियुक्त गरिए पनि बेलुकी ४ बजे हुने सपथ कार्यक्रममा मात्रै नाम मन्त्रालय सार्वजनिक गरिने मुख्यमन्त्री पाण्डेले बताए।

९ वैशाखमा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्।

यसअघि १५ वैशाखमा कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको थियो।

प्रकाशित: May 12, 2023| 14:30 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्