सोमबार, वैशाख २८, २०८३

जुनसुकै दलका परे पनि शरणार्थी प्रकरणका दोषी नउम्किउन्: सिंह

 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन निष्पक्ष रूपमा अघि बढाउन सरकारसँग माग गरेका छन्।

National life

कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित शीर्ष नेताहरु मुछिएको प्रकरणको छानबिन कतैबाट पनि प्रभाविन हुन नहुने उनको भनाइ छ।

सिंहले भने, 'नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि भइरहेको छानबिनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास नहोस्। यस्ता घटनाहरूले राजनीतिमाथि थुप्रै प्रश्नहरू उठाएको छ,'  उनले फेसबुकमा लेखेका छन्, ‘कानुनको सर्वमान्य सिद्धान्त हो– दोषीहरू नछुटुन्, निर्दोषहरु नपरून्।’

कानुनको नजरमा सबै समान भएकाले दोषीले उन्मुक्ति पाउन नहुने उनको भनाइ छ। ‘निर्दोष फस्दैनन् भन्ने नजिर बन्ने गरी नक्कली भुटानी शरणार्थी प्रकरणको निर्क्योल हुन सकोस्। प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न पाओस्,’ उनले भनेका  छन्, ‘यसलाई कुनै पनि बहानामा राजनीतिकरण नगरियोस्।’

सो प्रकरणमा मुछिएका जुनसुकै दलका व्यक्ति भए पनि छानबिनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गर्न सिंहले आग्रह गरेका छन्।

प्रकाशित: May 12, 2023| 13:38 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्