बिहीबार, साउन ७, २०८३

काठमाडौंमा गुड्न थाल्यो साझाको विद्युतीय बस 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमडाौं- साझा यातायातले विद्युतिय गाडी सञ्चालनमा ल्याएको छ । चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको विद्युतिय बस मंगलबार प्रधानमन्त्री केपीशर्मा ओलीले उद्घाटन गरेसंगै सञ्चालनमा आएको हो । 

विद्युतिय बस उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब वातावरण स्वच्छ राख्न मद्दत गर्ने विद्युतिय सवारी साधमा जोड दिनु पर्ने बताए । उनले सन् २०२० सम्ममा कम्तीमा २० प्रतिशत विद्युतीय बस चल्ने दाबी गरे । 

बस उद्घाटनपछि प्रधानमन्त्री ओली त्यही गाडी चढेर ललितपुरको पुल्चोकबाट सिंहदरबार गुगेका थिए । साझाले अहिले २ वटा मात्रै विद्युतिय बस सञ्चालनमा ल्याएको छ । तीनवटा बस आउने प्रक्रिायामा रहेको साझाले जनाएको छ । 

साझाले विद्युतीय बस काठमाडौंपछि लुम्बिनीमा पनि चलाउने तयारी गरेको छ । साझाको व्यवस्थापनमा रहने बस खरिदका लागि एडिबीले सहयोग गरेको हो।

चालकसहित २० सिट क्षमताका ती गाडीमा सिसि क्यामरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरलगायतका सुविधा छन्।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।