काठमाडौं- विश्वको घुम्नलायक सहरको सूचीमा नेपाल पाँचौ नम्बरमा परेको छ । लोन्लीे प्लानेटले सन् २०१९ मा घुम्नलायक सहरको सूचीमा काठमाडौं पाँचौं नम्बरमा परेको हो ।
सन् २०१९ मा विश्वका घुम्नलायक सहरको सूचीको पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन परेको छ भने दोस्रोमा चीनको शेनचेन परेको छ । सूचीको तेस्रो नम्बरमा सर्भियाको नोभिसाद, चौथोमा फ्लोरिडाको मियामी र पाँचौमा नेपालको राजधानी काठमाडौं परेको हो ।
छैटौमा मेक्सिकोसिटी, सातौमा सेनेगल, आठौंमा वासिङ्टन, नवौंमा क्रोयसिया र दशौँ नम्बरमा मोरक्को परेको छ । लोन्लीे प्लानेटले हरेक वर्ष यो सूची सार्वजनिक गर्दै आएको छ ।
लोन्लीे प्लानेटले आफ्नो रिपोर्टमा नेपालको राजधानी काठमाडौं भूकम्प पछिको पुनर्मनिर्माणले झनै सुन्दर बनेको उल्लेख गरेको छ । उसले सुन्दर काठमाडौं पर्यटकहरुलाई स्वागत गर्न तम्तयार रहेको जनाएको छ । उसले काठमाडौंलाई हिमाल प्रवेशको ढोकाको रुपमा व्याख्या गरेको छ ।
ऐतिहासिक वास्तुकला, काष्ठकलाले सजिएको काठमडौँ बस्न र खानपिनका लागि पनि सर्वसुलभ र सस्तो रहेको लोन्लीे प्लानेटले आफ्नो रिपोर्टमा लेखेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४