आइतबार, असोज ४, २०८३

एमाले स्थायी कमिटी बैठक बस्ने, आगामी कार्ययोजना तयार गरिने

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ। जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले सुझावका पेस गरिसकेपछि स्थायी कमिटी बैठक बस्ने एमालेले जनाएको छ। 

प्रदेश अध्यक्षहरूबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्ने बताइएको छ।

स्थायी कमिटीले कार्ययोजनाको प्रस्ताव तयार गरेपछि पुनः केन्द्रीय कमिटीको बैठक सुरु हुनेछ। केन्द्रीय कमिटीको बैठकबाट कार्ययोजनाको प्रस्ताव पारित गर्ने एमालेको तयारी छ।

बिहीबार (हिजो)बाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक वैशाख ३० गतेसम्म चल्नेछ। 

प्रकाशित: May 12, 2023| 06:38 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्