बिहीबार, साउन ७, २०८३

लोप हुँदै परम्परागत कोल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बाजुरा- प्रविधिको विकास क्रमसँगै बाजुरामा परम्परागत प्रविधिमा आधारित कोल लोप हुँदै गएका छन् । 

जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत् मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएका हुन् । पछिल्लो समयमा मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै जाँदा लोप हुन थालेको बडिमालीका–२ का स्थानीय हर्क महतले बताए । 

तेलहन बालीको खेती गर्ने प्रचलनमा कमी हुँदै जानु तथा बजारमा तेल प्याकिङ गरेर आउन थालेपछि कोल हराउँदै गएको छ । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलकै प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएका हुन् । 

जिल्लामा सयौँको सख्यामा रहेका यस्ता कोल अहिले लोप भइसकेका छन् । गाउँघरका काठबाट हातले बनाइएका विभिन्न मेशिन हराउँदै गइरहेका छन् । परम्परागत प्रविधिमा आधारित कोलमा चिउरी, उखु, अमिलो, र तोरी पेल्ने गरिन्छ । कोलमा तेल पेल्नका लागी बढी जनशक्ति र शारीरिक श्रम बढी लाग्ने भएकाले बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत लगाउन छोडेको स्थानीय औला कार्कीले बताए । 

करीब एक दशक अगाडि जिल्लाका विभिन्न ठाउँमा सञ्चालन भइरहेका कोलको अहिले अस्तित्वसमेत देखिन मुस्किल भएको छ । आधुनिक मेशिनको बढ्दो प्रयोग र विकाससँगै सामग्रीको प्रयोग र संरक्षणमा प्रयोगकर्ताले विस्तारै कम गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिएको छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।