सोमबार, वैशाख २८, २०८३

एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्षको प्रतिवेदन पेस

 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

National life

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा ओलीले भुटानी शरणार्थी प्रकरण, अर्थतन्त्र, पछिल्ला समसामयिक राजनीतिक परिवेशको बारेमा जानकारी गराएको पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

उनले बैठकमा अध्यक्ष ओलीले अहिलेको अर्थतन्त्र उकास्न वर्तमान गठबन्धनसँग कुनै योजना नरहेको कुरा बिफ्रिङ गरेका बताए। बैठकमा केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षले आफ्नो सल्लाह सुझाव पेस गरेका छन्।

बैठकमा अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीभित्रको अनुशासनको स्थितिबारे, पार्टीको लेखा परिषद्का अध्यक्ष डा. पुष्प कँडेलले पार्टी आर्थिक प्रणालीबारे र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले निर्वाचनको सम्बन्धमा बैठकलाई जानकारी गराएका छन्।
 

प्रकाशित: May 11, 2023| 19:15 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्