बिहीबार, भदौ ४, २०८३

वनको डढेलो बस्तीमा पस्दा आमाछोराको मृत्यु

 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

तेह्रथमुको छथर गाउँपालिका–३ पञ्चकन्यामा बिहीबार दिउँसो आगलागी हुँदा दुई जनाको ज्यान गएको छ।

आगलागीमा ५० वर्षीया दिलकुमारी भुजेल र उनका १४ वर्षीय छोरा भुपेन्द्र भुजेलको मुत्यु भएको इलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ।

घरभन्दा केही तल रहेको बारीमा काम गर्दै गरेका आमाछोराको भाग्ने क्रममा जलेर मृत्यु भएको हो। आगो निभाउने क्रममा चार स्थानीय घाइते भएका छन् भने एकको अवस्था चिन्ताजनक रहेको छ। 

स्थानीय गढी सल्लेरी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्किएपछि मानवीय क्षति भएको हो। आगलागीमा पूर्ववडाध्यक्ष तुलसीजंग थापाको घर र गोठ जलेको छ।
 

प्रकाशित: May 11, 2023| 18:40 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्