बिहीबार, साउन ७, २०८३

बिहारी घोडाले धानेको फिक्कलको घोडचढी पर्यटन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- चाडपर्वको मैसम आएसँगै फिक्कलमा आगन्तुकहरु बढ्छन ।  मेचि राजमार्गमै जोडिएको इलामको लोकप्रिय प्राकृतिक पर्यटकिय केन्द्र हो फिक्कल । र, फिक्कलको लोकप्रिय पर्यटन प्याकेज हो घोडचढी । घोडचढी हुने घोडाहरु भने रैथाने हैनन । सबै बिहारी हुन । 

स्थानिय स्तरका घोडाहरु नभएर किन भारतबाट बिहारी घोडाहरु नै ल्याउनुपर्यो? यसको जवाफ छ जमानसिंह तामाङसँग । ६३ बर्षे तामाङले कन्याममा घोडा चढाएको १८ बर्ष भयो । उनले घोडचढि सुरु गरेकै समयबाटै रैथानै घोडाहरु छैनन । सबै घोडाहरु बिहारबाट ल्याइएका हुन । 

१८ बर्ष अगाडि  तामाङले ७ हजारमा किनेको पहिलो घोडा र गत बर्ष १ लाख ४ हजारमा किनेको  पछिल्ले घोडा सबै बिहारी हुन । तामाङको मात्रै हैन हाल फिक्कमा संचालनमा रहेका ३९ वटा घोडाहरुमा कुनैपनि नेपाली घोडाहरु छैनन । 

नेपाली भूमिमा रैथाने घोडाहरु नभएर बिहारी घोडाहरु आउनुमा घोडाको आदत मुख्य कारण भएको युवा घोडचढि व्यवशायी सोमबहादुर तामाङ बताउँछन । घोडचढी व्यवशायी संघका सचिव समेत रहेका तामाङ नेपाली घोडाहरु मान्छेसँग आत्तिन्छन । गाडिसँग भाग्छन । धेरै मान्छेसँग घुलमिल हुँदैनन । 

व्यवसायीहरुका अनुसार नेपाली घोडाहरुको ठिक विपरित स्वभाव हुन्छ  बिहारी घोडाको । उनीहरु गाडि देख्दा तर्सिदैनन । मान्छेसँग डराउँदैनन । यहि कारण बिहारी घोडाहरु कन्याममा चलेका छन । ‘नेपाली घोडाहरुले धेरै खेल्न पाएका हुँदैनन र सानो ठाँउमा हुर्केका हुन्छन’, जमानसिंह तामाङ भन्छन, ‘उनीहरु आफ्नो मालिक बाहेक अरुसँग धेरै घुलमिल हुँदैनन ।’

कन्याम सडक क्षेत्रमा पर्ने र मान्छेहरुको धेरै भिडभाड हुने क्षेत्र भएकाले नेपाली घोडा नटिक्ने स्थानिय व्यवशायीहरुको साझा भनाइ छ । घोडचढि व्यवशाय फस्टाएको र घोडचढी गर्नेहरु बढेपनि नेपाली घोडाहरु स्तरिय नहुँदा भारतिय खरिद गर्नु परेको व्यवशायी सोमबहादुर तामाङ बताउँछन । तामाङका अनुसार नेपालमा हुर्केका घोडाहरु भारतिय भन्दा कमजोर पनि हुन्छन । 

‘नेपाली घोडाहरु लुला हुन्छन  धेरै बोक्न सक्दैनन’, चार वटा घोडा फेरिसकेका जमानसिंह तामाङ आफ्नो अनुभव सुनाउदै भन्छन, ‘त्यहि भएर यहाँ एउटापनि नेपाली घोडाहरु चढ्न पाइदैन ।’

नेपाली घोडाहरु पाल्दा खुल्ला ठाँउमा खेल्न, गाँडि र मान्छेसँग नडराउने बनाएमा भने नेपाली घोडाहरु योग्य हुने तामाङको तर्क छ । उनी भन्छन, ‘नेपाली घोडाहरुमै चढ्न किन सकिएको छैन भनेर घोडा पाल्ने र सरकारले अध्ययन गर्नुपर्छ ।’ नेपाली घोडाहरु नै चढ्न मिल्ने भए धेरै पैसा विदेश नजाने बताउँछन घोडचढी व्यवसायी संघका सचिव सोमबहादुर तामाङ । 



नगरपालीकाले कर लाएपछि बढ्यो घोडचढि शुल्क

जमानसिंह तामाङले १८ बर्ष अगाडि यो व्यवसाय सुरु गर्दा एक जनाले घोडा चढेको शुल्क २ रुपैयाँ थियो । अलिक धेरै घुमेको शुल्क ५ रुपैयाँ थियो । आजकाल एक जनाले सामान्य सडक वरपर हिडेको ३ सय रुपैयाँ लाग्छ । अलिक मझौला दुरि सम्म चढेको ६ सय लाग्छ । घोडा चढेर सेल्फि मात्रै लिनेहरुले समेत ५० रुपैयाँ तिर्नुपर्छ । 

यसरी घोडा चडाइ महँगो हुनुमा इलाममो सुर्याेदय नगरपालीकाले कर लाउनु कारण रहेको व्यवशायी तामाङ बताउँछन । ‘पोहोर साल सरसफाइमा भन्दै १२ हजार मागे । हरेक बर्ष नविकरण गर्न २ हजार तिनुपर्छ’, तामाङ भन्छन, ‘अब यो पाली तिर्ने पालो मंसिरमा आउँछ ।’
 
कन्यामका घोडचढिमा स्थानिय सरकारले सरसफाइ र नविकरण  शिर्षकमा कर लाएपछि शुल्क बढेको तामाङ बताउँछन । शुल्क बढेपछि थोरै पैशामा घुम्न आउनेहरुले चढ्न नसक्ने उनले अनुभव सुनाए ।

‘दुइ बर्ष अगाडि परिवारका ३ जना चढ्ने पैशाले अहिले १ जना मात्रै चढ्न पाउँछन’, तामाङ भन्छन, ‘नगरपालीकाले कर लाएपछि हामीले १ सयलाइ ३ सय र २ सयलाइ ५ सय पुर्याएका छौँ ।’ 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।