बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अयोग्य लडाकुलाई दिइने २ लाखमध्ये ५० हजार माओवादी नेताकै गोजीमा : केपी ओली

अयोग्य लडाकुलाई दिइने २ लाखमध्ये ५० हजार माओवादी नेताकै गोजीमा : केपी ओली

प्रधानमन्त्री प्रचण्डले बलजफ्ती आफ्ना पार्टी कार्यकर्तालाई रकम बाँड्न छुट्याएको २ लाखमध्ये ५० हजार माओवादी नेतृत्वका मान्छेले गोजीमा राख्ने एमाले नेता ओलीको दाबी। 
 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मौका छोपेर एकलौटी निर्णय गराई आफ्ना पूर्वलडाकुलाई २–२ लाख दिन लागेको आरोप लगाएका छन्।

एमाले मुख्यालय च्यासलमा बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले अर्थतन्त्रमा समस्या आएका बेला नेकपा माओवादी नेतृत्वको गठबन्धन सरकारमा प्रधानमन्त्री प्रचण्ड एक्लैले आफ्ना लडाकुलाई रकम बाँड्न निर्णय गराएको दाबी गरेका हुन्।

लडाकुलाई दिइने भनिएको रकम माओवादी नेताको गोजीमा पनि जाने अध्यक्ष ओलीले दाबी गरे। उनले भने, ‘विकास निर्माणका काम अवरुद्ध छन्। यस्तो बेला बहिर्गमित लडाकु, क–कसलाई भनेर फेरि २ लाख रुपैयाँ बाँड्ने एकलौटी निर्णय माओवादी केन्द्रको खटनपटनमा प्रधानमन्त्री प्रचण्डले गराएका हुन्। सरकारबाट बलजफती निर्णय गराउने र २ लाखमध्ये  १ लाख ५० हजार अयोग्य लडाकुलाई दिइने र बाँकी ५० हजार माओवादी नेतृत्वका मान्छेले गोजीमा राख्नेहुन्। लडाकु शिविरका सवालमा पनि त्यस्तै भएको थियो।’

लडाकु शिविरमा भएको घोटालासमेत यही बेला छानबिन हुनुपर्ने उनले माग गरे। ‘राज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्नु भनेको भ्रष्टाचार हो। जोसुकैले गरेको होस्। राज्यको अबौं हिनामिनाको अख्तियारले छानबिन गर्नुपर्छ,’उनले भने।

प्रकाशित: May 11, 2023| 13:10 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्