काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। १ देखि ३ जेठसम्म काठमाडौंमा केन्द्रीय समितिको पूर्ण बैठक बोलाइएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताएका हुन्।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गरिनेछ। उक्त प्रतिवेदन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पेस गर्ने प्रवक्ता श्रेष्ठको भनाइ छ।
वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समितिले तयार पारेको पार्टीको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजनालाई पनि बैठकमा पेस गरिनेछ।