बिहीबार, साउन ७, २०८३

पन्ध्र जुवाडेलाई जुवा ऐनअनुसार कारवाही 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नवलपरासी– पूर्वी नवलपरासीबाट जुवा खेल्दाखेल्दै रङ्गेहात पक्राउ परेका १५ जनालाई प्रहरीले जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको छ । 

आइतबार बिहान नगद रु चार लाखसहित गैँडाकोट नगरपालिका–१ ब्रिटिस क्याम्प नजिकै रहेको खरको टहराभित्र लुकेर कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई प्रहरीले जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको जनाएको हो । 

पक्राउ परेकालाई जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाइएको र सोहीअनुसार कारवाही हुने प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए । 
 
पक्राउ पर्नेमा पूर्वी नवलपरासी गैँडाकोट–१ का रमेश श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका–५ का विमल श्रेष्ठ, भरतपुर–२ का खुमप्रसाद श्रेष्ठ, भरतपुर–३ का अनिल शाह, भरतपुर–४ का श्याम लामा, भरतपुर–२ का प्रदीप लामा, भरतपुर–११ का निर्मल श्रेष्ठ, भरतपुर–१९ का कृष्णहरि शर्मा, चितवनको रत्ननगर नगरपालिका–१४ का विशाल बस्नेत, सोही ठाउँका कुमार गुरुङ, बाबुराम अर्याल र लमजुङ जिल्लाका बेँसीशहर–२ का विपीन गुरुङ रहेका छन् । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।