आइतबार, वैशाख २८, २०८२

पाथीभरामा लुट मच्चिएपछि तोकियो सवारी भाडा

 |  बिहीबार, वैशाख २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

vianetvianet

ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने दर्शनार्थी एवं पर्यटकलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने भएको छ। दर्शनार्थीका लागि गाडी तथा यात्रा व्यवस्थापनका सम्बन्धमा यसअघि भएको निर्णय कडाइका साथ कार्यान्वयन गर्न सरोकारवालाले पुनःध्यानाकर्षण गराएका छन्। 

triton college

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले पाथीभरा आउने दर्शनार्थीको सहजताका लागि यसअघि भएका निर्णय पूर्णरुपमा कार्यान्वयन गर्ने, गराउनेसहितका केही थप निर्णय गरेको छ। अघिल्लो सर्वपक्षीय बैठकमा सदरमुकाम फुङ्लिङदेखि पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटीसम्मको यातायात भाडा प्रतिव्यक्ति रु चार सयभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो।

तर पछिल्ला दिनमा भाडा बढी लिने गरेको भन्दै गुनासो आएपछि उक्त निर्णय कडाइका साथ कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

पाथीभरा मन्दिरमा खटिएका पुजारी, कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकले दर्शनार्थीलाई लाइनमा व्यवस्थित गरी पूजाआजामा सहयोग पुर्याउने, शिष्ट र मर्यादित व्यवहार गर्नेसमेत निर्णय भएको छ। सुकेटार–काफ्लेपाटी सडकखण्ड स्तरोन्नति गर्ने कार्य सुस्त गतिमा भएकाले सम्बन्धित निर्माण कम्पनीलाई चाँडो गर्न ध्यानाकर्षण गराउने पनि निर्णय भएको छ। 

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिम र फुङ्लिङ नगरपालिका प्रमुख अमीर मादेनसमेत सहभागी थिए। बैठकमा उपस्थित सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिले ताप्लेजुङमा आउने पर्यटकलाई सहजता सिर्जना गर्न आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। 

National life insurance

प्रकाशित: May 11, 2023| 09:05 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्