सोमबार, वैशाख २८, २०८३

कांग्रेस पदाधिकारी बैठक बस्दै, बालकृष्ण खाणबारे के निर्णय गर्ला?

नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्ने भएको छ।
 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्ने भएको छ। केही दिनयता निरन्तर बस्दै आएको पदाधिकारी बैठक बिहीबार पनि बस्न लागेको हो।  संगठन र विभागहरुको विषयमा छलफल केन्द्रित हुँदै आएको बैठकमा बालकृष्ण खाण प्रकरणबारेको एजेण्डा पनि थपिएको छ। 

National life

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्री समेत रहेका नेता खाण बुधबार पक्राउ परेका थिए। पक्राउपछि खाणलाई पार्टीबाट निलम्बन गरिनुपर्ने आवाज उठ्दै आएको छ। 

तर, बुधबार बसेको पदाधिकारी बैठकमा कांग्रेसले यसबारे कुनै निर्णय लिएको थिएन। प्रवक्ता प्रकाशशरण महतले खाणले अनुसन्धानलाई सघाइरहेकाले उनलाई पार्टीबाट निलम्बन गर्ने विषयमा निर्णय गर्न आवश्यक नदेखिएको बताएका थिए। 

बुधबारकै बैठकमा पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसबारे आवाज उठाएपनि सभापति शेरबहादुर देउवा मौन बनिदिँदा निर्णय हुन सकेको थिएन। 

प्रकाशित: May 11, 2023| 07:14 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्