बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अपडेट- कपिलवस्तुको कृष्णनगरमा फेरि अनिश्चितकालीन कर्फ्यु

अपडेट- कपिलवस्तुको कृष्णनगरमा फेरि अनिश्चितकालीन कर्फ्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कपिलवस्तु- सीमा बजार कृष्णनगरमा सोमबार साँझ ५ बजेदेखि पुन: अनिश्चितकालीन कर्फ्यु लगाइएको छ। रातको समयमा सुरक्षा संवेदनशीलता बढी अपनाउनु पर्ने भएकाले कर्फ्यु लगाउनु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला सुरक्षा समिति बैठक बसेर दोस्रोपटक कर्फ्यु लगाएको हो। कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरीक्षेत्र, पूर्व सेमरा गाँउ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फुयु लगाइएको छ। यसअघि आइतबार साँझ ५ देखि सोमबार साँझसम्म कर्फ्यु लगाइएको थियो। 

सोमबार बिहान ८ बजेदेखि १२ बजेसम्म चार घण्टार १२ बजेदेखि ५ बजेसम्म पाँच घण्टा गरी दिउँसो ९ घण्टा कर्फ्यु हटाइएको थियो।  किनमेलका लागि र सर्वसाधरणलाई अत्याआवाश्यक काम गर्न सहज होस भनेर दिउँसोको समयमा कर्फ्यु हटाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवत्ता तथा डिएसपी रवी रावलले बताए। 

आइतबार दिउँसो १२ बजेतिर मूर्ति विसर्जन गर्न लैजाने/नलैजाने पक्षबीच विवाद भएको थियो। विवादले उग्ररुप लिएपछि आइतबार प्रहरीले ६ राउण्ड हवाई फायर गरेको थियो। ३ राउण्ड अश्रु ग्यास फायर गरेको थियो।

लाठी, हसिया र चक्कु सहित निस्केका प्रर्दशनकारी प्रहरी माथि जाई लागेका थिए। प्रहरीले सम्झाईबुझाई गर्दा नमानेपछि लाठी चार्ज गरेको थियो। लाठी चार्जबाट स्थिति नियन्त्रणमा लिन नसकेपछि फायर खोल्नु परेको जिल्ला प्रहरीका डिएसपी रवि रावलले बताए।

शुक्रबारदेखि कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन हुन सकेको छैन। शुक्रबार साझ ६ बजेतिर दुर्गा मूर्तिलाई बजार परिक्रमा गरि गोलघर तिर लैजाने क्रममा घरको छतबाट ढुंगा प्रहार गरेपछि विवाद सुरु भएको हो। त्यसपछि विसर्जनका लागि बजार परिक्रमा गराउँदै गरेको २७ दुर्गा मूर्ति गोलघर छेउ राखिएको छ। ४ दिनदेखि मूर्ति विसर्जन हुन सकेको छैन।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।