बिहीबार, साउन ७, २०८३

टोपबहादुरले भने- बिरामी भएर संसद्‍मा आउन सकेको छैन

 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएर संसद् बैठकमा उपस्थित हुन नसकेको पत्र संसद् सचिवालयलाई पठाएका छन्।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सांसद रायमाझीले अज्ञात स्थलबाट यस्तो पत्र पठाएका हुन्। बिरामी बिदा स्वीकृत गरिदिन भनेर रायमाझीले इमेलमा निवेदन पठाएको बताइएको छ।

रायमाझी नेकपा एमालेका सचिवसमेत हुन्। उनलाई आजमात्रै पार्टीले निलम्बन गरेको छ भने सम्पर्कमा आएर अनुसन्धानमा सघाउन निर्देशन दिएको छ।
 

प्रकाशित: May 10, 2023| 14:59 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्