बिहीबार, साउन ७, २०८३

सिंहदरबारमा प्रधानमन्त्रीसँग देउवा र ओलीको छलफल

 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ।

नक्कली भुटानी शरणार्थी काण्डले राजनीति तरंगित भएका बेला प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बैठक भएको हो।

तीन शीर्ष नेताबीच हिजो पनि बैठक भएको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा चलिरहँदा शीर्ष नेताहरुबीच लगातार भइरहेको छलफललाई चासोका साथ हेरिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बिहानमात्र कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका थिए।

यही प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार छन्। उनलाई आज पार्टीले निलम्बन गरेको छ भने सम्पर्कमा आएर छानबिनमा सघाउन निर्देशन दिएको छ।
 

प्रकाशित: May 10, 2023| 14:53 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्