सोमबार, वैशाख २८, २०८३

२०९५ सम्ममा यस्तो होस् देश [विश्वप्रकाश शर्माको परिकल्पना]

 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले देशलाई अबको १५ वर्षमा कहाँ पुर्‍याउने भनेर आफ्नो परिकल्पना प्रस्तुत गरेका छन्।

National life

आगामी २०९५ सालसम्ममा लागि भिजन प्रस्तुत गरेका शर्माले देशको लक्ष्य हासिल गर्न सत्ता र प्रतिपक्षबीच मतभेद नभएर सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।

'अबको १५ वर्ष अर्थात् २०९५ मा पुग्दा एउटा नेपालीको घर, परिवार र वातावरण यस्तो हुनुपर्छ। आउनुहोस् खुला छलफल गरौं अनि निर्माण गरौं साझा संकल्प र साझा सपना निर्माण गरौं,' विश्वप्रकाशले भनेका छन्।

यस्तो छ शर्माले प्रस्तुत गरेको भिजन ९५

१) हरेक नेपालीको एउटा प्रविधियुक्त घर होस्।
२) जीवन निर्वाहको जुनै क्षेत्र अंगाले पनि आत्मसम्मानको सामाजिक वातावरण प्राप्त होस्।
३) निश्चित रोजगारी, व्यवसाय वा लगानी कम्तीमा एक सुनिश्चित होस्।
४) आफ्नै देशको अर्ग्यानिक उत्पादन भान्सामा होस्।
५) स्वास्थ उपचारका लागि बिमा अनि निकट दुरीमा अत्यावश्यक उपचारको उपलब्धता होस्।
६) रोजाइको पढाइ नि:शुल्क प्राप्ति या आर्थिक योगदान गर्न सक्ने अवस्था होस्।
७) पर्यावरण रक्षासहितको भौतिक विकास प्राप्त होस्।
८) साहित्य, संगीत, सिनेमा, खेलकुद आदिका माध्यमद्वारा देशले निरन्तर प्रतिष्ठा हासिल गरिरहेको स्थिति प्राप्त होस्।
९) विभेद, हिंसा र अन्य कुनै पनि सामाजिक विसंगतिबाट मुक्त समाजको सदस्य हुँ भन्ने गौरव प्राप्त होस्।
१०) विवशताको आँसु बगाउँदै कसैले देश छोड्न नपरोस्, विश्वभर छरिएको नेपाली डायस्पोराको सीप, पुँजी र भावना निरन्तर नेपालसँग गाँसिइरहने स्थिति बनोस्।
११) पर्याप्त सुख नभए पनि खुसी पारिवारिक जीवनको आत्मसन्तोष साथमा होस्।

प्रकाशित: May 10, 2023| 14:44 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्