सोमबार, वैशाख २८, २०८३

टोपबहादुर एमाले सचिवबाट निलम्बित

 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- नेकपा एमालेले पार्टीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई निलम्बन गरेको हो।

National life

एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको जानकारी दिएका छन्।

रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ र उनी फरार छन्। मंगलबार बसेको नेकपा एमालेको सचिवालय बैठकले टोपबहादुरलाई अनुसन्धानमा सघाउन आग्रह गरेको थियो।

आजमात्रै प्रतिनिधिसभा बैठकमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सचिव रायमाझीलाई अनुसन्धान प्रकृयामा सहयोग गर्न आग्रह गरेका थिए। साथै उनले पार्टी विधिको शासन र कानुनी राज्यको खिलाफ नजाने पनि बताएका थिए।

'हाम्रो पार्टीका माननीय टोपबहादुर रायमाझीलाई हामीले हिजो निर्देशन गरेका छौं। तपाईं यो अनुसन्धान र छानबिनमा सहयोग गर्न लाग्नुस्, सहयोग गर्नुस् भनेका छौं,' उनले भने। उनले अनुसन्धानमा सरकार दायाँबायाँ नहोस् भन्दै दोषीलाई कारबाही गर्न पनि माग गरे।

'विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक, कानुनपूर्वक जुन खालको अनुसन्धान र छानबिन भइरहेको छ, यसमा सरकार तलमाथि दायाँबायाँ नगरीकन लागोस्। दोषीहरु कोही नछुटुन्, निर्दोष व्यक्ति कोही पनि नपरुन् भन्ने अभियानका साथ लागोस्। नेकपा (एमाले) यो सरकारको काममा सहयोग र समर्थन गर्छ,' उनले भने।

प्रकाशित: May 10, 2023| 14:05 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्