बिहीबार, साउन ७, २०८३

राप्रपाका सांसदको नाराबाजी नरोकिएपछि संसद् बैठक स्थगित

 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।

बैठकको सुरूमै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्ने समय मागेका थिए। तर सभामुखले बैठकमा शून्य समयको मात्रै प्रबन्ध भएको बताएपछि राप्रपाका सांसदहरूले विरोध जनाएका थिए।

सभामुखले शून्य समयमा बोल्ने पालो नदिएपछि राप्रपाका सांसदहरूले रोस्ट्रम अगाडि पुगेर नाराबाजी गरेका थिए। उनीहरूले लोकतन्त्र आएपछि भ्रष्टाचार मौलाएको र त्यस्ता नेताहरूलाई जेल हाल्नुपर्ने माग गरेका थिए।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारेको छलफल गर्ने कार्यसूची आजको बैठकको रहेको छ।

प्रकाशित: May 10, 2023| 11:41 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्