बिहीबार, साउन ७, २०८३

नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ 

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तले पत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएपछि बालकृष्णलाई पक्राउ गरिएको हो। 
 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं– कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली शरणार्थी मामलामा पक्राउ परेका परेका छन्। खाणलाई बुधबार बिहान उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो। पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तले पत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएपछि बालकृष्णलाई पक्राउ गरिएको हो। हाल प्रहरीले अडियोमाथि  अनुसन्धान गरिरहेको छ।

सोही प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्। प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा विज्ञ इन्द्रजित राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

पूर्वगृहसचिव रहेका तथा उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन्। 
हिरासतमा रहेका अभियुक्तले उच्च राजनीतिक नेतृत्वलाई मुछेपछि उनीहरुको बयानका आधारमा एकपछि अर्को पक्राउ शृंखला जारी छ।

प्रकाशित: May 10, 2023| 10:45 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्