सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सुदूरपश्चिम प्रदेशमा माओवादीबाट तीन मन्त्री र एक राज्यमन्त्री बन्ने

सुदूरपश्चिम प्रदेशमा माओवादीबाट तीन मन्त्री र एक राज्यमन्त्री बन्ने

सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रले दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीका रूपमा पठाउने सहमती भएको छ।
 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रले दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीका रूपमा पठाउने सहमती भएको छ।

National life

माओवादीको संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा माओवादी सरकारमा जाने चर्चा हुने गरेको भए पनि अन्तिममा भट्टले सरकारमा मन्त्रीका रूपमा जान अस्वीकार गरेका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाले दुई वर्षपछि मुख्यमन्त्री बनाउने प्रतिबद्धता गरेपछि भट्ट मन्त्री बन्नबाट पछि हटेको बताइएको छ। माओवादीले भौतिक पूर्वाधार मन्त्री र आर्थिक मामिला मन्त्रालय मध्ये कुनै एक मन्त्रालय पाउनु पर्ने दाबी गर्दै आएको थियो। ती दुई मध्ये कुनै पनि मन्त्रालय नपाउने भएपछि उसले तीन वटा मन्त्रालय पाउने पर्ने अडान राखेको थियो। माओवादीले सोही अडानका कारण तीन वटा मन्त्रालय पाउने तय भएको छ।

माओवादीका तर्फबाट अक्कल बहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिक मन्त्री बन्ने लगभग तय भएको छ। चार महिनादेखि देखि सुदूर पश्चिम प्रदेश सरकारका चार वटा मन्त्रालय मन्त्री बिहीन छन्।

प्रकाशित: May 10, 2023| 08:50 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्