सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कोशीको विरोधमा आक्रमक बन्दै आन्दोलन : दमकमा गोली चल्यो, १० सुरक्षाकर्मी घाइते

कोशीको विरोधमा आक्रमक बन्दै आन्दोलन : दमकमा गोली चल्यो, १० सुरक्षाकर्मी घाइते

कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै आन्दोलनरत पहिचानवादीहरूले पुनःआन्दोलन चर्काएका छन्।
 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

झापा- कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै आन्दोलनरत पहिचानवादीहरूले पुनःआन्दोलन चर्काएका छन्।

National life

मंगलबार राति झापाको दमकमा उनीहरूले मसाल जुलुस निकालेर प्रदर्शन गरे। प्रदर्शन उग्र बनेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। झडपका क्रममा प्रहरीले गोलीसमेत चलाएको छ।

झडपमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामासहित सुरक्षाकर्मीतर्फ १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाइते सबैको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रदर्शनकारीतर्फ पनि दुई जना घाइते भएका छन्। घाइतेहुनेहरूमा दिक्षा क्षेत्री र गजेन्द्र फागो रहेका छन्।

दमकको पश्चिम बस स्ट्याण्डबाट गणतन्त्र चोकतर्फ ठूलो संख्यामा प्रदर्शनकारीहरू मसालसहित सडकमा निस्किएका थिए। सुरक्षाकर्मीले प्रदर्शनकारीहरूले बोकेको मसाल खोस्न खोज्दा झडपको स्थिति बनेको थियो।

प्रकाशित: May 10, 2023| 07:21 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्