सोलुखुम्बु- सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दुर्इ हेलिकोप्टर आपसमा ठोक्किएका छन्।
एयर डाइनेस्टीको ९-ए-एमआइ कलसाइनको हेलिकोप्टर अवतरण र माउन्टेन एयरको ९-एन- एकेबी हेलिकोप्टर उडानको क्रममा ठोक्किएका हुन्। माउन्टेनको रोटरमा क्षति पुगेको विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले जानकारी दिए।
उनले भने, 'माउन्टेन एयरको हेलिकोप्टर उड्नका लागि इन्जिन स्टार्ट गरेको थियो। एयर डाइनेस्टीको हेलिकोप्टर पार्किङमा आउने क्रममा त्यसको रोटरको डाउन वार्ड्सले माउन्टेनको रोटरमा क्षति पुर्याएको छ।
दुर्इवटा हेलिकोप्टर एकै समयमा उडान भर्न लाग्दा दुर्घटना भएको थियो। एयर डाइनेस्टीको हेलिकोप्टरमा चालक सुशान्त दुलाल थिए भने माउन्टेन हेलिकोप्टरका चालक पेम्बा नोर्बु शेर्पा थिए। दुवै हेलिकप्टरका यात्रु र पाइलट सबै सकुशल छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४