सोमबार, वैशाख २८, २०८३

प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता

प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता जारी रहेको छ।
 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं- प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता जारी रहेको छ। बालुवाटारमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छलफलमा जुटेको छन्।

National life

तीन शीर्ष नेताबीच संसदीय सुनुवाई समिति, नक्कली भुटानी शरणार्थी प्रकरण र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। 

संवैधानिक परिषद् बैठकले सोमबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालत १ फागुन २०७८ देखि प्रधानन्यायाधीविहीन छ। कांग्रेस-माओवादीका सांसदले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्तापछि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशका भरमा छ।

संविधानको धारा २९२ को उपधारा (१) मा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश पदमा नियुक्ति हुनुअघि संघीय कानुनबमोजिम संसदीय सुनुवाइ हुने व्यवस्था गरिएको छ। संघीय संसद्का दुवै सदनका सदस्यहरू रहने गरी संघीय कानुनबमोजिम १५ सदस्यीय एक संयुक्त समिति गठन गरिने संवैधानिक व्यवस्था छ। तर सुनुवाइका लागि नेताहरुबीच मतभेद हुँदा संसदीय सुनुवाई समिति गठन हुन सकेको छैन।

प्रकाशित: May 09, 2023| 10:26 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्