बिहीबार, साउन ७, २०८३

क्यानडामा तीन वटा शक्तिशाली भूकम्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
क्यानडा- अमेरिकी भूगर्भ विभागका अनुसार क्यानडामा तीन वटा शक्तिशाली भूकम्प गएका छन्। 

एक घण्टाको अवधिमा गएका तीन वटा भूकम्प ब्रिटिश कोलम्बिया, क्यानडा र भ्यानकुभर टापु नजिकै गएका हुन्।  

अमेरिकी जिओलोजिकल सर्भेका अनुसार क्यानडाको हार्डीमा आइतबार राति १०:३९ बजे ६.६ म्याग्निच्यूडको पहिलो भूकम्प गएको थियो। उक्त भूक्मप ११ किलोमिटरको गहिरार्इमा गएको थियो। 

पहिलो भूकम्प गएको ४० मिनेटमा दोस्रो भूकम्प हार्डीको १९७ किलोमिटर दक्षिण पश्चिमि क्षेत्रमा ६.८ म्याग्नीच्यूडको भूकम्प गएको थियो। उक्त भूकम्प १० किलोमिटरको गहिराइमा गएको जनाइएको छ। 

त्यसैगरी आइतबार राति ११:२२ बजे ६.५ म्याग्नीच्यूडको तेस्रो भूकम्प हार्डीकभन्दा २२३ किलोमिटर दक्षिणपश्चिमी क्षेत्रमा गएको थियो। यो पनि १० किलोमिटरको गहिराइमा गएको अमेरिकी जिओलोजिकल सर्भेले जनाएको छ। 

हालसम्म कुनै क्षती तथा सुनामीको सूचना नआएको जनाइएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।