सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भैंसेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जुगल गाउँपालिकाको याङ्लाकोट जलबिरे हुँदै बाह्रबिसे गइरहेको बा४ख ९०१७ नम्बरको टिपर सडकमै पल्टिएको हो।
दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।
उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। दुर्घटनामा पर्नेहरु दसैंमा आफन्तकोमा टिका थाप्न जानेहरु रहेको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४