सोमबार, वैशाख २८, २०८३

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस भएका छन्। सोमबार बसेको संवैधानिक परिषद्को बैठकले कार्कीलाई सर्वसम्मत रूपमा प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।

National life

हाल कामु प्रधानन्यायाधीशका रुपमा रहेका कार्कीको अब संसदीय सुनुवाइ हुनेछ। त्यसपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन्। ​

चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए। उमेर हदका कारण उनको अवकाश भएपछि कार्की कामु प्रधानन्यायाधीशको भूमिकामा छन्।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगर, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए।

शनिबार बिहान प्रधानमन्त्री दाहाल र विपक्षी दलका नेता ओलीबीच सोमबार बैठक बोलाउने सहमति भएको थियो।

प्रकाशित: May 08, 2023| 19:36 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्