बिहीबार, साउन ७, २०८३

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा भएको सो भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्धको विविध विषयमा विचार विमर्श भएको थियो। 

भेटमा उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमि चीन विरुद्ध प्रयोग हुन नदिइने बताएका थिए। सो क्रममा राजदूत सङ्ले उपराष्ट्रपतिको कार्यकाल सफलताको कामना गरेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। 
 

प्रकाशित: May 08, 2023| 17:44 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्