बिहीबार, साउन ७, २०८३

नेकपाको सचिवालय बैठक आजपनि : यस्ता छन् एजेन्डा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार पनि बस्दैछ । पार्टी एकतालाई तल्लो तहसम्म पुर्याउने र माधव नेपाल पक्षको असन्तुष्टि सम्बोधन गर्ने विषयमा सोमबारको बैठकमा छलफल हुने एक सदस्यले जानकारी दिए । 

बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, यही कात्तिक १२ र १३ गते हुने स्थायी समिति बैठकको कार्यसूची तर्जुमा, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफलको कार्यसूची छ । 

पार्टी एकिकरणका विषयमा माधव नेपालले दर्ता गरेको असन्तुष्टिका विषयमा पनि छलफल हुने बताइएको छ। नेता नेपालले आफूसंग कुनै छलफल नै नगरि प्रदेशको अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्ज तोकेको भन्दै विरोध जनाउदै आएका छन् । उनले निर्णयप्रति असहमति जनाउँदै लिखित असन्तुष्टि बैठकमा राखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे बस्ने बैठकमा सरकारको काम कारबाहीका विषयमा पनि समिक्षा हुने भएको छ । स्रोतका अनुसार आजको बैठकमा मन्त्रिपरिषद् पुर्नगठनका विषयमा पनि छलफल हुने छ । 

मन्त्रीहरुले सन्तोषजनक काम नगरेको गुनासो बढेपछि प्रधानमन्त्री ओलीले मन्त्री नै हेरफेर गर्ने मनस्थिती बनाएका छन् । उनले गृहमन्त्री रामबहादुर थापा बादलसहित कम्तिमा ४ जना मन्त्री फेर्ने मनस्थिती बनाएको स्रोतको दाबी छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।