मंगलबार, असोज ९, २०८०

गोरखामा ठाडो भाका गीत संरक्षण गर्न प्रतियोगिता

 |  सोमबार, वैशाख २५, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

गोरखा- पछिल्लो समय लोप हुँदै गएको ठाडो भाका गीतको संरक्षणका लागि गोरखामा ठाडो भाका दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ। 

sagarmatha cement

ठाडो भाकाको गीत युवापुस्तालाई सिकाउने तथा पुराना संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गरिएको ठाडो भाका दोहोरी गीत प्रतियोगिताकी संयोजक हरिमाया गुरुङले जानकारी दिए।

पश्चिमाञ्चल सांस्कृतिक केन्द्र र न्यू दौतरी युवा क्लब चित्रेपोखरीको आयोजना तथा सिरानचोक गाउँपालिका गोरखाको प्रवद्र्धनमा सिरानचोक –३, स्थित चित्रेपोखरीमा भएको प्रतियोगिताको उपाधि वीरबहादुर गुरुङ र रेशम माया गुरुङको समूहले जितेको छ। प्रतियोगितामा बमबहादुर गुरुङ र तीर्थकुमारी भुजेलको समूह दोस्रो तथा मनकाजी गुरुङ र विष्णुमाया गुरुङको समूहले तेस्रो भएको संयोजक गुरुङले जानकारी दिए।

प्रतियोगितामा उपाधि जित्न सफल समूहलाई नगद रु एक लाख पुरस्कार प्रदान गरिएको उनले  बताए। त्यस्तै दोस्रो हुन सफल समूहलाई नगद रु ६० हजार र तेस्रो हुन सफल समूहलाई रु ३० हजार नगद पुरस्कार प्रदान गरिएको संयोजक गुरुङले जानकारी दिए। प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्न सफल दुई समूहलाई पनि रु १५/१५ हजार पुरस्कार प्रदान गरिएको उनको भनाइ छ।

त्यस्तै उष्कृष्ट गायनतर्फ लमजुङ दूधपोखरी गाउँपालिकाकी सन्तमाया गुरुङ र गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका धनबहादुर गुरुङले छनोट भएका छन्। उत्कृष्ट गायनमा छनोट हुन सफल दुवै जनालाई नगद रु १०/१० हजार पुरस्कार प्रदान गरिएको उनले बताए। प्रतियोगितामा गोरखा, लमजुङ र तनहुँका गरी १८ समूहले प्रतिस्पर्धा गरेका थिए।
 

प्रकाशित: May 08, 2023| 07:42 सोमबार, वैशाख २५, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नेम्वाङ निधनले स्थगित बीपी साहित्य महोत्सव समापन आगामी बुधबार

नेम्वाङ निधनले स्थगित बीपी साहित्य महोत्सव समापन आगामी बुधबार

स्थगित भएको तेस्रो र अन्तिम दिन (२६ भदौ) को कार्यक्रम आगामी बिहीबार बिहान साढे १० साँझ ५ बजेसम्म पार्टी मुख्यालय सानेपामा गरिनेछ।
सुवास नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव स्थगन

सुवास नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव स्थगन

संविधानसभाध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्बाङको अकस्मात निधन भएपछि कांग्रेसले बीपी साहित्य महोत्सव स्थगित गरेको हो। 
पानी पर्ने सहरमा लोकप्रिय बनेको पानी रङ कला

पानी पर्ने सहरमा लोकप्रिय बनेको पानी रङ कला

क्षणभरमा पानी पर्ने, घाम लाग्ने, घनघोर पानी क्षणभरमै सुक्ने आदि विविधता पोखराको विशिष्टता हो। यही पोखरालाई कलाका क्षेत्रमा पानी रङको सहरका रुपमा पनि चिनिन्छ।
बीपीले 'पवित्रा'मार्फत उजागर गरेको प्रेम र यौन संवेग

बीपीले 'पवित्रा'मार्फत उजागर गरेको प्रेम र यौन संवेग

कोइरालाले यस कथामा आफैंभित्र फुटेको र चिरिएको व्यक्तित्वको रुपमा पवित्रालाई उभ्याएका छन्।