सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संवैधानिक परिषदको बैठक आज, प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल हुने

संवैधानिक परिषदको बैठक आज, प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल हुने

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- आज संवैधानिक परिषद्को बैठक बस्दैछ। प्रधानन्यायाधीश नियुक्तिलगायतका विषयमा छलफल गर्नका लागि सोमबार संवैधानिक परिषदको बैठक बस्न लागेको हो। बैठक साँझ ६ बजे बस्नेछ। 

National life

संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्तिम समयमा संवैधानिक परिषद सबन्धी (संसोधन) विधेयक पेश गर्ने सहमति भए पनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो। 

संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई विशेषाधिकार बुँदा थप गरेर विधेयक ल्याइए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको थियो।

प्रमुख प्रतिपक्ष दल एमालेको आपत्ति पछि कार्यसूचीमा समावेश गरिसकेको सो विधेयक अन्तिममा फिर्ता लिएको थियो । एमालेले संसदीय सुनवाईको पूर्णता पछि मात्रै सो विधेयक अघि बढाउनु पर्ने सर्त राख्दै आएको छ। 

प्रकाशित: May 08, 2023| 07:21 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्