बिहीबार, साउन ७, २०८३

आज प्रतिनिधि सभा बैठक बस्दै

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बस्दैछ।

सोमबार बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो। प्रतिनिधि सभा बैठकमा आज (सोमबार)देखि २७ गतेसम्म प्रि-बजेट छलफल हुने संसद सचिवालयले जनाएको छ।

प्रतिनिधि सभाको बर्खे अधिवेशन अर्थात् बजेट अधिवेशन सुरु भएको पहिलो दिन (वैशाख २४ गते) नै अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए। आजदेखि त्यसैमा छलफल हुन लागेको हो।

प्रकाशित: May 08, 2023| 06:21 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्