बिहीबार, साउन ७, २०८३

कपिलवस्तुमा लागेको कर्फ्यु ४ घण्टालाई खुल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कपिलवस्तु- दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद भएपछि प्रशासनले लगाएको कर्फ्यु चार घण्टाका लागि स्थगन गरिएको छ । 

सोमबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म कर्फ्यु हटाउने निर्णय गरेको हो । सोही निर्णयअनुसार अहिले कपिलवस्तुमा कर्फ्यु हटाइएको छ । कर्फ्यु हटेसंगै बजारमा सर्वसाधरणको चहलपहल बढेको छ । 

किनमेलका लागि र सर्वसाधरणलाई अत्याआवाश्यक काम गर्न सहज होस भनेर चार घण्टाका लागि कर्फ्यु हटाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवत्ता तथा डिएसपी रवी रावलले जानकारी दिइ । उनका अनुसार अहिले कपिलवस्तुको अवस्था सामान्य बन्दै गएको छ भने बजार र सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती छ ।

जिल्ला सुरक्षा समितिको बैठक पुनः बसेर सुरक्षा अवस्थाबारे विश्लेषण गर्दै कर्फ्यु थप गर्ने वा खोल्ने भन्ने विषयमा निर्णय हुने डिएसपी रावलले जानकारी दिए । यस्तै तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ सम्पन्न गरिएको उनले बताए ।  

तीन दिनसम्म पटकपटकको छलफल र संवादपछि पनि तनाव साम्य नभए पछि अर्को आदेश नभएसम्मका लागि भन्दै जिल्ला प्रशासन कार्यालयले आइतबार कर्फ्यु जारी गरेको थियो । 

शुक्रबार साझ ६ बजेतिर दुर्गा मूर्तिलाई बजार परिक्रमा गरि गोलघर तिर लैजाने क्रममा घरको छतबाट ढुंगा प्रहार गरेपछि विवाद सुरु भएको हो। यस्तै आइतबार दिउँसो १२ बजेतिर मूर्ति विसर्जन गर्न लैजाने÷नलैजाने पक्षबीच विवाद भएको थियो। विवादले उग्ररुप लिएपछि आइतबार प्रहरीले ६ राउण्ड हवाई फायर गरेको थियो। ३ राउण्ड अश्रु ग्यास फायर गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।