बिहीबार, साउन ७, २०८३

भक्तपुरका कृषकलाई धान भित्र्याउने चटारो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भक्तपुर- दशैँको बेलामा दशैँ मान्ने र टीका थाप्न जाने चटारो परे पनि भक्तपुरका कृषकलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो परेको छ । 

खेत खेतमा धान पाकेपछि दशैँ मान्नभन्दा पनि धान काट्न कृषक व्यस्त भएका हुन् । अधिकांश मान्छे टीका थाप्न आफन्तकहाँ गए पनि भक्तपुरका कृषक भने बिहान, बेलुका टीका थाप्न गए पनि दिउँसोको समयमा भने धान काट्न खेत खेतमा पुग्ने गरेका छन् । 

यस वर्ष समयमै वर्षा भएकाले धानको उत्पादनसमेत वृद्धि हुने भए पनि असिना, पानी पर्ने डरले कृषकले दशैँको पर्वाह नगरी धान भित्र्याउने चटारोमा लागेका हुन् । 

चाँगुनारायण नगरपालिका–१० चित्तपोलका कृषक रामकृष्ण खत्रीले आकाशमा बाँदल देखिएपछि असिना पानी परेर धान झार्ला भन्ने डरले दशैँको पर्वाह नगरी धान भित्र्याउन लागेको बताए । वर्ष दिनभरि खाने धान पाकिसकेकाले खेतमा छोडेर दशैँ मान्ने भन्दै समय खेर फाल्न नसकिएकाले खेतमा धान काट्न आएको बताउँदै उनले भ्याएसम्म साँझ बिहान आफन्तको टीका थाप्न जाने बताए । 

मौसम बिग्रेर असिना पानी आएर धान झार्ला भन्ने पीर छ भक्तपुरका सबै कृषकलाई । त्यसैले पाकेको धान काट्ने चटारो छ भने धान काट्नका लागि ज्यामीसमेत नपाउँदा थप समस्यामा परेका छन् कृषक । 

अहिले भक्तपुर नगरक्षेत्र, चाँगुनारायण नगरपालिकाको चित्तपोल, ताथली, सुडाल, बागेश्वरी, छालिङ, चाँगु, दुवाकोट, सूर्यविनायक नगरपालिकाको गुण्डु, सिपाडोल, नङ्खेल, बालकोट, सिरुटार, दधिकोट र थिमी नगरपालिका क्षेत्रमा धान काट्न चटारो परेको छ । 

यस वर्ष असार र साउन महीनाभित्र जिल्लाको सबै क्षेत्रमा धान रोपाइँ सकिएकाले धान पनि चाँडै पाकेको र उत्पादन पनि राम्रो भएको कृषकले बताएका छन् । यस वर्ष धान राम्रो उत्पादन भएको छ, धान असिनाले झार्ला भन्ने डर भएकाले धान काट्न चटारो परेको चागुनारायण–९ ताथलीका राजाराम श्रेष्ठले बताए । रासस 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।