सोमबार, वैशाख २८, २०८३

सभामुखले सुनाए सांसद कोइरी निलम्बित भएको सूचना

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हत्या आरोप लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएकोबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्।

National life

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को ३ बमोजिम सांसद कोइरीलाई वैशाख १९ गते निलम्बन गरी सूचना टाँस भएको जानकारी गराएका हुन्। 

यसअघिको संसद् अधिवेशनको अन्तिम बैठकमा सांसद कोइरी बिरामी भएर बैठकमा आउन नसकेको जानकारी सभामुखले प्रस्तुत गरेपछि एमालेबाहेक दलका सांसदले आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेका  थिए। त्यसपछि सभामुख घिमिरेले अर्को अधिवेशनमा यसबारे निर्णय गर्ने प्रतिबद्धता जनाएपछि बैठक सुचारु भएको थियो। 

कोइरीमाथि ७ वर्षअघि भएको मधेश आन्दोलनमा सशस्त्र प्रहरी थमन विकको हत्या अभियोग लागेको छ।

प्रकाशित: May 07, 2023| 17:53 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्