बिहीबार, साउन ७, २०८३

बजेट अधिवेशन सुरु [LIVE]

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

काठमाडौं- संघीय संसद्क‌ो बजेट अधिवेशन सुरु भएको छ। बर्खे अधिवेशन पनि भनिने यो सत्रमा सरकारो नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत हुन्छ। 

अधिवेशनको पहिलो बैठक आज अपरान्ह ४ बजे सुरु भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने र सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची तय गरिएको थियो।

यस्तै, कानुन, न्याय संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गर्नेछन्।

अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आ.व. २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: May 07, 2023| 16:13 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्