सोमबार, वैशाख २८, २०८३

नवनियुक्त मन्त्री सुरेन्द्र आचार्यले लिए शपथ

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

National life

काठमाडौं- नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले शपथ लिएका छन्। आइतबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री आचार्यलाई शपथ खुवाएका थिए।

महिला बालबालिका मन्त्रालय सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई खानेपानी मन्त्रालयमा पठाएर आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको हो।

कांग्रेसबाट आज शपथ लिएका मन्त्री आचार्य शेखर-गगन समूहका हुन्। 

प्रकाशित: May 07, 2023| 14:14 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्