सोमबार, वैशाख २८, २०८३

सांसदको ई-हाजिरी लिन सभामुखको निर्देशन

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

National life

काठमाडौं- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सदस्यहरुको डिजिटल उपस्थिति (ई-हाजिरी)को व्यवस्था गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन्। आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले यस्तो निर्देशन दिएका हुन्। 

आजदेखि संघीय संसद्‌को बजेट अधिवेशन सुरु हुँदैछ। आजको बैठक सुरु हुनुअघि कार्यव्यवस्थाको बैठक बसेको थियो। बैठकमा ई-हाजिरी सुरु गर्ने र सभाका सदस्यरुको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे छलफल भएको थियो। छलफलपछि यसको आवश्यक व्यवस्था गर्न सभामुखले सचिवालयलाई निर्देशन दिएका हुन्। 

‘संसदमा माननीयहरुको उपस्थिति कमजोर भएको छ। सांसद तलब–भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ,’ सभामुख घिमिरले भने, ‘दल तथा माननीयज्यूहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु। संसद् सचिवालयलाई ईहाजिरीको तयारी गर्न, राष्ट्रियसभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु।’ 

प्रकाशित: May 07, 2023| 13:47 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्