बिहीबार, साउन ७, २०८३

छाडा कुकुरले टोक्‍दा पाँच जना घाइते 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भद्रपुर- छाडा कुकुरको टोकाइबाट मेचीनगर-१ का पाँच जना घाइते भएका छन्। 

घाइते हुनेमा सिम्रन तामाङ, टेकबहादुर बोहोरा, खड्गप्रसाद सापकोटा, भूमिका प्रधान र बिनिता राई छन्। 

दशैँको टीका लगाउन बाटोमा हिँड्दै गरेका अवस्थामा उनीहरुलाई विगत तीन दिनयता अलगअलग ठाउँमा कुकुरले टोकेको हो। घाइतेमध्ये आठ वर्षीया सिम्रन तामाङको अवस्था गम्भीर छ। सिम्रनको गालामा कुकुरले टोकेको पशु प्राविधिक दीपक बरालले जानकारी दिए। 

उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको बरालले बताए। 

अरु घाइते स्थानीय निजी स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएका छन्। स्थानीयवासी टेकबहादुर देवानका अनुसार रेविज लागेको आशङ्का गरिएका दुई छाडा केही दिनयता मेचीनगर-१ बाहुनडाँगीमा मानिस र पशुलाई टोक्दै आएका छन्। 

मानिस र घरपालुवा पशुलाई टोकेर भाग्ने गरेका ती कुकुरलाई स्थानीयवासीले नियन्त्रणमा लिन सकेका छैनन्। स्थानीयवासीले गाउँमा छाडा कुकुरको सङ्ख्या बढेको भन्दै नियन्त्रणका लागि माग गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।