बिहीबार, साउन ७, २०८३

मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी

परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राज चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी भएका छन्। 
 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

लन्डन– परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राज चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी भएका छन्। 

 वेस्टमिन्स्टर एबेमा शनिबार आयोजित विशेष समारोहमा मन्त्री साउद सहभागी  भएका हुन्। उनी शनिबार साँझ बकिङ्घम प्यालेसमा विदेशी प्रतिनिधिका लागि आयोजना गरिएको  स्वागत समारोहमा पनि सहभागी भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। 

अवसरमा मन्त्री साउदले समारोहमा उपस्थित विशिष्ट व्यक्तित्वसँग भेटघाट गरेको जनाइएको छ।

प्रकाशित: May 07, 2023| 09:45 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्