बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्यालय भवन भत्काएको विरोधमा उपमहानगरपालिका घेराउ

विद्यालय भवन भत्काएको विरोधमा उपमहानगरपालिका घेराउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित वडा कार्यालयको भवन जोगाउन सामुदायिक विद्यालय भवन भत्काइएको विरोधमा स्थानीयवासीले उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्।

उपमहानगरपालिकाले नक्सा र मापदण्ड विपरित जर्बजस्ती विद्यालय भवन भत्काएको विरोधमा कुर्थाबाट हजारौंको संख्यामा पुगेका स्थानीयले आइतबार उपमहानगरपालिका कार्यालयका साथै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयसमेत घेराउ गरेका छन्।

२०१७ सालमा स्थापना गरिएको राजर्षि जनक माध्यमिक विद्यालयको भवन सडकभित्र परेको भन्दै उपमहानगरपालिकाका मेयर लालकिशोर साह र वडा अध्यक्ष रामेश्वर महासेठको मिलोमतोमा भत्काइएको भन्दै स्थानीयवासीले तीनवटै कार्यालय घेराउ गरेका हुन्। विद्यालय भवन भत्काइएपछि त्यहाँ अध्ययनरत ६ सय विद्यार्थीको भविष्य अन्यौलमा परेको स्थानीयको भनाइ छ।

नगर प्रमुख साह र वडा अध्यक्ष महासेठले राजनीतिक प्रतिसोध बोकेर डोजर लगाइ सार्वजनिक विद्यालय भवन भत्काउन लगाएको कार्यालय घेराउ गर्न पुगेका स्थानीय शम्भु झाले बताए। सार्वजनिक सम्पत्ति अतिक्रमण गरेर सडकमै वडा कार्यालय निर्माण गर्न बालबालिकाको भविष्य अन्यौलमा पार्दै विद्यालय भवन भत्काइएको उनको आरोप छ।

सार्वजनिक सम्पत्तिको सुरक्षा र विद्यालय भवन पुनः निर्माणको माग राख्दै आफूहरुले उपमहानगरसहित जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय घेराउ गरेको झाले बताए।

उपमहानगरपालिका कार्यालयले गत वैशाख महिनामा विद्यालय भवन भत्काउन लगाएपछि विद्यालयका प्रधानाध्यापक वीरेन्द यादवले उच्च अदालत जनकपुरमा मुद्दासमेत दायर गरेका थिए। 

उच्च अदालत जनकपुरले विद्यालय समीपको सडकको मध्यविन्दु यकिन गरी दायाँबायाँ दुबैतर्फ बराबर जग्गा पर्नेगरी मात्र बाटो निर्माण गर्न आदेश दिएको थियो । तर, सडकको दायाँ पर्ने विद्यालयको भवनतर्फबाट मात्र सडक विस्तारको काम गरिएको यादवले बताए । सडकमै रहेको वडा कार्यालय भवनलाई केहि नगरी जनप्रतिनिधिहरुले विद्यालय भवन भत्काउन लगाएको प्रधानाध्यापक यादवले जनाए।

यता वडा अध्यक्ष महासेठले भने स्थानीयवासीले सडक विस्तार तथा पीसीसी सडक निर्माण गर्ने स्थानीयहरुको निर्णय अनुसार विद्यालय भवन भत्काउनु परेको दाबी गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।