मंगलबार, वैशाख २९, २०८३

आजदेखि बजेट अधिवेशन, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्को बजेट अधिवेशन आज (आइतबार) देखि सुरु हुँदै छ। संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ।
 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

काठमाडौं- संघीय संसद्को बजेट अधिवेशन आज (आइतबार) देखि सुरु हुँदै छ। संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ।

National life

राष्ट्रियसभाको १४औँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो। प्रतिनिधिसभाको भने यो दोस्रो अधिवेशनको पहिलो बैठक हो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ।

संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ।

आइतबारको बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ। प्रतिनिधिसभा बैठकको सुरुआतमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

सभामुखले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्।

त्यसपछि सभामुखले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ।

यस्तै, कानुन, न्याय संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गर्नेछन्।

अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आ.व. २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: May 07, 2023| 06:38 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्