मंगलबार, वैशाख २९, २०८३

एमाले अध्यक्ष ओलीले पत्रकारलाई दिए टोपबहादुर खोज्ने जिम्मा

नक्कली शरणार्थी प्रकरणमा करोडौं रकम कुम्ल्याएको घटना सार्वजनिक भएपछि फरार रहेका एमाले सांसद रायमाझी खोजिदिन ओलीले पत्रकारलाई व्यंग्य गरेका हुन्।
 |  शनिबार, वैशाख २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २३, २०८०

काठमाडौं– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्धामा संलग्न रहेको पत्तो लागेपछि फरार भई पुलिसको भगुवा सूचीमा परेका एमाले सचिव टोपबहादुर रायमाझीलाई खोज्ने जिम्मा अध्यक्ष केपी ओलीले पत्रकारहरुलाई दिएका छन्।

National life

रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लगालग भेटिरहेका छन्। आज सिंहदरबारमा पनि ओली–प्रचण्डबीच यसै विषयमा छलफल भएको छ।

बुधबार रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि बिहीबार ओलीले प्रचण्डलाई भेटेका थिए। शनिबार प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारहरुले रायमाझीलाई कहाँ लुकाउनुभयो भनेर ओलीलाई प्रश्न गरे। उल्टै अध्यक्ष ओलीले रायमाझीबारे आफू बेखबर रहेकाले पत्रकारलाई खोजिदिन आग्रह गरे।

पूर्वउपप्रधानमन्त्री भइसकेको मान्छे त्यसरी हराउन नपर्ने हो भनेर पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘तपाईं पत्रकारको सम्पर्कमा भए मलाई सूचना दिनुहोला। मेरो सम्पर्कमा छँदै छैनन्।’

प्रकाशित: May 06, 2023| 16:36 शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्