मंगलबार, वैशाख २९, २०८३

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सत्ता गठबन्धन बैठकमा रास्वपाबाट सरकारलाई गरेको समर्थन फिर्ता र नक्कली शरणार्थी प्रकरणबारे छलफल हुनेछ।
 |  शनिबार, वैशाख २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २३, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी निवास बालुवाटारमा बेलुकी ५ बजे बस्ने गरी सत्ता गठबन्धनको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सत्ता गठबन्धन बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारलाई गरेको समर्थन फिर्ता र नक्कली शरणार्थी प्रकरणबारे छलफल हुनेछ।

National life

एमाले अध्यक्ष केपी ओलीसँग सिंहदरबारमा भेटेपछि प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका हुन्। 

भेटमा एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा आफ्ना नेताहरुलाई मात्र नभए सत्ता गठबन्धनमा आबद्ध नेताहरुलाई पनि कारबाही गर्नुपर्ने सुझाएको बताइएको छ। 

नक्कली शरणार्थी प्रकरणलाई यसअघिका नेवानि वाइडबडी अनियमितता, बालुवाटार जग्गा बिक्री प्रकरणलगायत घटनाजस्तै फासफुस पार्न सत्ता–विपक्षी दलका शीर्ष नेताहरु मिल्ने हुन् कि भन्ने आशंका नागरिक स्तरमा हुन थालेको छ।

पछिल्लो समय सत्ता गठबन्धनकै कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसमेत यो प्रकरणमा मुछिएकाले यो घटनालाई गुपचुप पार्ने कोसिस हुन सक्नेछ। सिहंदरबारमा आज दुई नेताबीच दुई घन्टा लामो छलफल भएको थियो। 

प्रकाशित: May 06, 2023| 16:10 शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्