बिहीबार, साउन ७, २०८३

३२ सिटे भए पनि नेपाल कब्जा गर्न सक्छौं : प्रधानमन्त्री प्रचण्ड

नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्‍याउन र त्यसमा संलग्न जुनसुकै दलका सानाठूला माछालाई कारबाही गरिने प्रधानमन्त्री प्रचण्डको दाबी।
 |  शनिबार, वैशाख २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २३, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रको ३२ सिट मात्रै भए पनि आवश्यक परे नेपालै कब्जा गर्न सक्ने हिम्मत आफूहरूसँग रहेको घुर्की लगाएका छन्।

शनिबार पार्टीको दलित संगठनले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेकपा माओवादी केन्द्रलाई हेप्ने गलत प्रवृत्तिविरुद्ध लडिरहने हो भने भविष्यमा फौज तयार हुने र बहुमत आउन सक्ने दाबी गरे। 

उनले भने, ‘हाम्रो पार्टीलाई ३२ सिटे भनिएको छ। मलाई प्रतिनिधिसभामा कम सिट भएको पार्टीका नेताले प्रधानमन्त्रीमा आँखा लगाएका छन् भनिएको छ। एक पटक हामी फेरि गर्जियौं भने ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ।’

नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्‍याउन र त्यसमा संलग्न जुनसुकै दलका सानाठूला माछालाई कारबाही गर्न आफू नहच्किने उनले प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको फाइल खुल्न थालेकाले नक्कली शरणार्थी प्रकरण सुरुआती  ‘शो’ मात्रै भएको बताए।उनले भने, ‘अब कुनै पनि हालतमा भ्रष्टाचारलाई छुट दिइँदैन, फाइल खुल्छ।’ 

उत्पीडित समुदायले सरकार र आफ्नो पार्टीले साथ र सहयोग दिइरहे जतिसुुकै ठूलो घेराबन्दी, दबाब र धम्कीको सामना गर्न सकिने उनको भनाइ छ।

प्रकाशित: May 06, 2023| 15:47 शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्