बिहीबार, साउन ७, २०८३

सिंहदरबारमा प्रचण्ड–ओली वार्ता, रायमाझी पक्राउबारे मन्थन

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ओलीले दोस्रोपल्ट प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।
 |  शनिबार, वैशाख २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २३, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी एमाले अध्यक्ष केपी  ओलीबीच सिंहदरबारमा भेटवार्ता जारी छ।

ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न दिउँसो १२ बजे सिंहदरबार पुगेका थिए। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ओलीले दोस्रोपल्ट प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।

प्रचण्ड र ओलीबीच समसामयिक विषयमा १२ बजेदेखि कुराकानी भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले पुष्टि गरे।

यसअघि ओलीले २१ वैशाखमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर रायमाझीलाई बाटोबाटै हत्कडी लगाउन नहुने बताएका थिए। उनले रायमाझीलाई पक्रनुका पछि षड्यन्त्र रहेकोसमेत दाबी गरेका थिए।

नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएर पक्राउ पुर्जी जारी भएपछि रायमाझी प्रहरीको फरार सूचीमा चढिसकेका छन्।
 

प्रकाशित: May 06, 2023| 12:56 शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्