बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्‍या प्रकरण: एसपी विष्टसहित दुर्इ जनाको बर्खास्तको प्रकृया शुरु

निर्मला हत्‍या प्रकरण: एसपी विष्टसहित दुर्इ जनाको बर्खास्तको प्रकृया शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 काठमाडौं- कन्‍चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्‍कारपछि हत्या प्रकरणको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै सेवाबाट बर्खास्त प्रकृया शुरु गरिएको छ। 

प्रहरी प्रधान कार्यालयले घटनाको छानविनमा लापरवाही गर्ने कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टका विषयमा गृह मन्त्रालयले दशैंपछि कार्यालय खुलेको पहिलो दिन आज प्रकृया खघि बढाएको हो। प्रहरी नियमावली अनुसार एसपीसम्मको बर्खास्त गृह सचिव स्तरीय निर्णयबाट हुन्छ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत २९ असोजमा प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट बर्खास्त गर्न गृह मन्त्रालयसमक्ष पत्र पठाएको थियो। घटनाको समयमा बिष्ट जिल्ला प्रहरी कार्यालय र भट्ट वडा प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत थिए।

घटनापछि दुवै जनालाई गृह मन्त्रालयको छानविन टोलीको सिफारिसमा पदबाट निलम्बन गरिएको थियो। प्रहरी अतिरिक्त महानिरिक्षक ‘एआइजी’ धिरु बस्न्यात संयोजकत्वको अनुसन्धान टोलीले विष्टसहित अनुसन्धानमा खटिएका प्रहरीले चरम लापरवाही गरेको प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पेश गरेको थियो। सरकारद्धारा गठित छानबिन समितिले पनि अनुसन्धानमा प्रहरी भूमिका सन्तोषजनक नरहेको प्रतिवेदन पेस गरेको थियो।

कञ्चनपुरको भीमदत्त नगरपालिका २ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त गत साउन १० गते घरबाट साथीको घर हिँडेकी र उनको ११ साउनमा उखुवारीमा बलात्कारपछि हत्या गरेको अवस्थामा शव भेटिएको थियो।

बर्खास्तको प्रकृया

दशैँपछि कार्यालय खुलेको पहिलो दिन अाइतबार बिहान १० बज्नुभन्दा अगाडि नै मन्त्रालय पुगेर सचिव रार्इले याे विषयलार्इ अघि बढाएका हुन्। बर्खास्त प्रक्रियाबारे उनले सहसचिवहरुको ‘कोर टिम’ सँग छलफल गरिरहेका छन्।

प्रहरी महानिरीक्षकले हस्ताक्षर गरेको कारवाही सिफारिस पत्र अनुसार गृहसचिवले एक पटक वा दुई पटकसम्म २४ घण्टे स्पष्टिकरण सोध्छन्। त्यो स्पष्टिकरण चित्त नबुझे सरकारी सेवामा अयोग्य वा योग्य हुने गरी बर्खास्त गर्ने अधिकार गृहसिचवलार्इ हुन्छ।

बर्खास्त गर्ने कार्यका लागि गृहसचिव अध्यक्षतामा समिति गठन हुन सक्छ। सबै प्रक्रिया पूरा हुन ३ देखि ७ दिनसम्म लाग्न सक्छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।